Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक गर्ने

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १६ : ३० मा प्रकाशित

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । 

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । 

साेमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको