Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको अवितरित १ करोड २२ लाख रुपैयाँ लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १० : ३४ मा प्रकाशित

युनिलिभर नेपालको अवितरित १ करोड २२ लाख रुपैयाँ लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा

युनिलिभर नेपाल लिमिटेडको पुराना तिन आर्थिक वर्षको भुक्तानी हुन बाँकी १ करोड रुपैयाँ भन्दा बढि लाभांश लिन सेयरधनीहरुलाई अनुरोध गर्दापनि कसैको हकदावी नपरेपछि लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०६९/७०, २०७१/७२ र २०७२/७२ को २०,२२ र २३ औँ बार्षिक साधारणसभाबाट पारित गरिएको लाभांश मध्य अवितरित १ करोड २२ लाख ७२ हजार ६ सय ७० रुपैयाँ लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको हो । 

कम्पनी ऐन २०६३ को दफा १८२ तथा १८३ बमोजिम यस यूनिलिभर नेपाल लिमिटेडको आ.व. आ.व. २०६९/७०, २०७१/७२, २०७२/७३ को २० औं, २२औं र २३ औं वार्षिक साधारण सभाहरुद्वारा पारित गरिएको लाभाशं रकम, दफा १८३(६) बमोजिम २०७८ भदौ ३० गते आ.व. २०६९/७० र २०७०/७१ तथा  २०७८ मंसिर २८ मा आ.व.२०७२/७३ को आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेका थियौं । सम्बन्धित लगानीकर्ता तथा निजको हकवालाको समेत निश्चित अवधि सम्म कुनै हकदावी नपरेको हुंदा लगानी संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि , २०७३ को दफा ७ को उपदफा (३) बमोजिम २०७८ माघ २९ गते गते लगानीकर्ता संरक्षण कोषमा एक करोड बाइस लाख बहत्तहर हजार छ सय सत्तरी मात्र रकम दाखिला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको सूचनाः

62395590c09bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको