Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ११ : ०० मा प्रकाशित

सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ५५ हजार ५ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै बिमकको संस्थापक सेयर बिक्री सम्बन्धी निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

62395d54d2dce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको