Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १३ : २९ मा प्रकाशित

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे चैत्र ६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे फागुन २९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62397eab9e046.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको