Like us!
Follow us!
Connect us!
Watch us!

आठ महिनामा करिव ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १४ : ४५ मा प्रकाशित

आठ महिनामा करिव ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । 

उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ । 

पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ । 

यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ, जापानबाट ४ करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट ३ करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो । सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको