Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्याे पुनरकर्जा कार्यविधिकाे चौथो संशोधन (पूर्णपाठ)

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १७ : ३९ मा प्रकाशित

राष्ट्र बैंकले गर्याे पुनरकर्जा कार्यविधिकाे चौथो संशोधन (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७" काे चाैथाे संशाेधन गरेकाे छ । "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७" चाैथाे संशाेधन गरिएकाे जानकारी गराउँदै राष्ट्र बैंकले साेही बमाेजिम गर्न/गराउन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएकाे छ ।

कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गरी उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउन पुनरकर्जामा पहुँच अभिवृद्धि गरी विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी पुनरकर्जा कार्यविधि बनाइएको हाे ।

नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी ३ प्रकारका पुनरकर्जा सुविधा दिँदै आएको छ । 

१. लघु, घरेल तथा साना उद्यम पुनरकर्जा

उद्यमी स्वयंसंलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ ।

२. विशेष पुनरकर्जा

बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरु, ब्रोडवेण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँच पुऱ्याउने गरी दर्गम स्थानहरुमा सेवा पुऱ्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्यतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनरकर्जाहरू पर्दछन् ।

३. साधारण पुनरकर्जा

बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिनेछ ।

"नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७" काे चाैथाे संशाेधनकाे पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको