Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको निर्देशन : सीमित कर्मचारीबाट मात्र संवेदनशील प्रणाली सञ्चालन गर्न आग्रह

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १० : ५४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको निर्देशन : सीमित कर्मचारीबाट मात्र संवेदनशील प्रणाली सञ्चालन गर्न आग्रह

नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) कायम राख्दै सीमित कर्मचारीमार्फत मात्र संवेदनशील प्रणाली (Critical System) सञ्चालन गर्न निर्देशन दिएको छ।

रक्षा मन्त्रालय र नेपाली सेनाले २०८२ भाद्र २५ गते जारी गरेको विज्ञप्ति नं. १६ लाई आधार मानेर राष्ट्र बैंकले यस सूचना जारी गरेको हो।

निर्देशन अनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा निरन्तरता दिनुपर्ने भएकाले संवेदनशील प्रणालीमा सीमित कर्मचारी खटाइ सेवा सञ्चालन गर्नुपर्नेछ भने अन्य प्रणाली जोखिम मूल्यांकनको आधारमा Remote Access बाट सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

साथै, सञ्चालनमा रहेका शाखा, एटीएम तथा उपलब्ध सेवाबारे जानकारी आफ्ना आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई निरन्तर अद्यावधिक गरी जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

68c2597e274f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको