Like us!
Follow us!
Connect us!
Watch us!

"ठूला लगानीकर्ताले साना लगानीकर्तालाई बल्छी थाप्ने चलन बढेकाे छ"

लगानीकर्ताको आवाज

बुधबार, ०९ चैत्र २०७८, १२ : ५१ मा प्रकाशित

नेपाल पूँजी बजार लगानीकर्ता संघ सर्लाही जिल्लाका संयोजक एवमं सक्रिय लगानीकर्ता भक्तहरी दाहाल विसं २०६८ सालमा आईपीओ भरेर सेयर बजारमा प्रवेश गरे । भरेको पहिलो आईपीओ नै पर्यो उनलाई । डिम्याट अनिवार्य नरहेको हुनाले उनले डिम्याट खाता खोलेका थिएनन् । उनलाई आईपीओको लत यस्तो लाग्यो की उपत्यकामा डिम्याट अनिवार्य भएपछि डिम्याट नभएका उनी उपत्यकाबाहिर बनेपामा गएर पनि आईपीओ भरे । आईपीओ बेच्नकै लागि भनेर ब्रोकरहरूको बारेमा नेटमा खोजी गरेर उनी दोश्रो बजारमा प्रवेश गरे । पछि आफू नजिकका साथीहरूसँगको सल्लाहमा उनले आईपीओबाहेक दोश्रो बजारमा सेयरहरू पनि किन्न थाले ।

राम्रा कम्पनीहरूको छनोट गरी दीर्घकालिन रूपमा होल्ड गर्न सके राम्रै मुनाफा कमाइने उनको अनुभवले सिकाएको छ । होल्ड गर्ने भन्दैमा अन्धाधुन्धसँग जस्ता पायो त्यस्तै कम्पनी समातेर नबस्न उनी आग्रह गर्छन् । जस्ता पायो त्यस्ता कम्पनी होल्ड गर्दा भने घाटा व्यहोर्नुपर्ने हुनसक्छ लगानीकर्ताहरूलाई लगानी गर्नुअघि कम्पनीहरूको बारेमा राम्ररी अध्ययन र अनुसन्धान गर्न उनको सुझाव छ । यो सँगै उनले वारेन बफेटको भनाई सम्झँदै लगानीकर्ताहरूले धेरै लोभ गर्न पनि नहुने बताएका छन् । १० प्रतिशतसम्म नाफा कमाएमा त्यो सेयर बेचेर फेरि अर्को कम्पनीको सेयर किन्न सकिने उनी बताउँछन् ।

नियामक निकायहरूले हरेक क्षेत्रका लगानीकर्ताहरूलाई सुलभ हुने गरी ठाउँ ठाउँमा ब्रोकर अफिस खुलाउनुपर्ने वा बैंकहरूलाई ब्रोकर खाता खोल्न दिनुपर्नेमा उनको जोड छ । बैंकहरूले डिम्याट खाता खोल्न थालेपछि लगानीकर्ताहरूको पहुँच बढेकाे उदाहरण दिँदै सोही अनुसार बैंकहरूलाई नै ब्रोकर खाता खोल्न दिएमा लगानीकर्ताहरूलाई अझै सहज हुने उनको भनाई छ । 

सेयर बजारबाट सन्तुष्ट छन् उनी । आफूले कोरोनाको समयमा सेयर बजारबाट राम्रै आय आर्जन गरेको उनले सुनाए । तर अहिलेको तत्कालिन अवस्थामा भने दुई चार जना सेयर बजारमा खेलाडीरू हावी भएर उनीहरूले जबरजस्ती बजार घटाउन खोजेका उनको आरोप छ । उनीहरूले २-४ सय घटाउने अनि त्यसपछि २-४ सय बढाउने र फेरि आफू बाहिर निक्लीहाल्ने गरेका उनी बताउँछन् । त्यो भनेको ठूलो माछाले सानो माछालाई बल्छी थापेको जस्तै रहेको र यसबाट लगानीकर्ता जोगिनु पर्ने र सचेत हुनुपर्ने उनले बताए । अन्तत बजार बाउन्स ब्याक हुन्छ नै भन्दै सकेसम्म प्यानिक सेल नगरी आफ्नो सेयर होल्ड गर्न लगानीकर्तालाई उनको अनुरोध छ । 

गहिरिएर अध्ययन गरी प्यानिक सेल नगरेमा सेयर बजारबाट मनग्य कमाउन सकिने उनले दावी गरेका छन् । बेलाबेलामा विभिन्न नियामकहरूबाट अतिरञ्जित रूपमा बोल्ने गरिएको हुँदा लगानीकर्ताहरू यस्ता कुराहरूबाट टाढै बस्नुपर्ने उनले बताए । नियमनकारी निकाय र उच्च ओहोदाका व्यक्तिहरूले सेयर बजारसँग सम्बन्ध नै नरहेको कुराहरू बोल्दा पनि बजार प्रभावित हुने गरेकोमा उनको गुनासो छ । लगानीकर्ताहरूमा कन्फिडेन्ट नहुँदा यस्तो हुने गरेको उनको धारणा छ । 

उनै दाहालसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको