Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १७ : ५२ मा प्रकाशित

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ फागुन ९ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले  काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । 

महालक्ष्मी बिकास बैंकको खातामा पर्याप्त रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनलाई उक्त सजाय सुनाएको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको