Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै उच्च मूल्यमा बिजुली किन्दै विद्युत प्राधिकरण

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १४ : २३ मा प्रकाशित

हालसम्मकै उच्च मूल्यमा बिजुली किन्दै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग हालसम्मकै उच्च मूल्यमा बिजुली किन्ने भएकाे छ । 

बिहीबार नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले पत्रकार सम्मेलन गर्दै प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्न लागेकाे जानकारी दिएका छन् ।  अहिलेसम्मकै उच्च मूल्यमा बिजुली खरिद गर्ने सम्झाैता भएकाे उनले बताए । प्राधिकरणले आज साँझ भारतबाट ७ हजार मेगावाट आवर बिजुली किन्नेछ। 

भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिन्छौँँ : प्राधिकरण 

भारतमा बिजुली महँगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा बिजुली अभाव भएको थियो । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताएको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरिएकाे थियाे । 

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन 

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा बिजुली किनेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको