नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब ९३ कराेड २६ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।
बैंकले बैंककाे विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७९ साल वैशाख २ गतेदेखि २०८० साल वैशाख १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ५४ कराेड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ कराेड २६ लाख रुपैयाँ गरी कूल २ अर्ब ३० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले चैत्र १७ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस