Like us!
Follow us!
Connect us!
Watch us!

हामी अहिले अप्ठ्यारो बेलामा छौ, संविधान रक्षा गर्न पनि गठबन्धन जरुरीः प्रधानमन्त्री

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ०७ : २२ मा प्रकाशित

हामी अहिले अप्ठ्यारो बेलामा छौ, संविधान रक्षा गर्न पनि गठबन्धन जरुरीः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले सत्तासाझेदार दलबीच उच्च समझदारी र विश्वास कायम गरेर निर्वाचनमा जानुपर्ने  बताएका छन्  ।  

बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले काँग्रेसको नेतृत्वमा सबै राजनीतिक दलबीच राष्ट्रिय एकता कायम गरेर विकास र समृद्धिको बाटो तय गर्नुपर्ने बताएका छन्  । 

संविधान बचाउन लडेका दलहरूबीच मेलमिलाप आवश्यक रहेको स्पष्ट पार्दै उने भने, “बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किनु्भएको थियो । अहिले पनि त्यो अपरिहार्य छ  । हामी अहिले     अप्ठ्यारो बेलामा छौँ । त्यसैले सबै लाई मिलाएर हिँड्नु छ । सबैसँग  मेलमिलाप गरौँ भन्ने मेरो चाहना हो ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको