Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत १२ लाइफ इन्स्याेरेन्स : कुनलाई कति चाहिन्छ थप पूँजी ?

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ११ : ४८ मा प्रकाशित

नेप्सेमा सूचिकृत १२ लाइफ इन्स्याेरेन्स : कुनलाई कति चाहिन्छ थप पूँजी ?

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै अहिले बजारमा चारैतिर यही विषयमा चर्चा भइरहेकाे छ । 

बीमा समितिकाे चैत्र १० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० कराेड पुर्याउन निर्देशन दिएकाे छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

बीमा समितिले चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा ताेकिए अनुसारकाे पूँजी कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने निर्देशन दिएकाे छ ।

बीमा समितिको पूँजी वृद्धि गर्ने निर्णय : जीवन बीमाको पूँजी ५ अर्ब ,निर्जीवनको २.५ अर्ब

आज हामी यहाँ नेप्सेमा सूचिकृत जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीकाे बारेमा कुराकानी गर्नेछाैँ । हाल नेप्सेमा विभिन्न १२ वटा जीवन बीमा कम्पनीहरू सूचिकृत छन् । 

नेप्सेमा सूचिकृत १२ वटा लाइफ इन्स्याेरेन्सहरूमध्ये नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पूँजी बीमा समितिले ताेकेकाे भन्दा धेरै नै छ । त्यसैले, यस कम्पनीकाे पूँजी वृद्धि गर्न जरूरी छैन । बाँकी ११ वटा लाइफ इन्स्याेरेन्समध्ये, सबैभन्दा धेरै पूँजी वृद्धि गर्नुपर्नेमा प्रभु लाइफ इन्स्याेरेन्स र सानिमा लाइफ इन्स्याेरेन्स रहेका छन् । दुवै कम्पनीकाे हालकाे चुक्ता पूँजी २ अर्ब रूपैयाँ रहेकाे छ ।

त्यसैगरी, सबैभन्दा कम पूँजी वृद्धि गर्नुपर्नेमा नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे हालकाे चुक्ता पूँजी ४ अर्बमाथि छ ।

कुन लाइफ इन्स्याेरेन्सलाई थप पूँजी  कति चाहिन्छ भन्ने विवरण तलकाे तस्विरबाट हेर्न सकिनेछ :

62400247772ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको