Like us!
Follow us!
Connect us!
Watch us!

३६ बर्षमै भारतिय सेयर बजारको इन्डेक्स ६०००० को बिन्दुमा !

धिरज पौड्याल

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १४ : १४ मा प्रकाशित

३६ बर्षमै भारतिय सेयर बजारको इन्डेक्स ६०००० को बिन्दुमा !

निकै छोटो समयमानै नेपालको सेयरबजारमा लगानीकर्ताको संख्या बढेको छ। वित्तीय साक्षरताको प्रभावकारिता र लगानीका फाइदाहरू अध्यनको अकर्षणले छोटो समयमा नै सेयरबजारमा लगानीकर्ताको संख्या बढेको देखिन्छ भने कोभिडको कारण लकडाउन हुँदा व्यक्तिहरू घरमा नै बस्ने हुँदा फुर्सदको समयमा सदुपयोग गर्दै लगानी तर्फ उन्मुख हुँदा देशमा आर्थिक मन्दीको कारण बनेको कोभिड महामारी सेयरबजारका लागि भने राम्रो लगानीको अवसर बन्यो। 

नेपालकाे सेयरबजारका लगानीकर्ताको संख्यामा वृद्धि आएसँगै सेयरबजार परीचुक नेप्से इन्डेक्स सन् २०२१ अगस्ट १८ तारिखमा सर्वाधिक ३१९९.०३ काे बिन्दुमा पुगेकाे थियो भने  हिजाेसम्ममा नेप्से परिसूचक २५७२ काे बिन्दुमा पुगेकाे छ ।

नेपालमा जस्तै छिमेकी देश भारतमा पनि कोरोना काल सेयर बजारका लागि स्वर्णिम युग नै बन्यो । कोभिडको समयमा भारतको सेयरबजार परिसूचक सेन्सेक्समा निकै राम्रो सुधार देखियो। कोभिडको कारण अन्य लगानी गर्ने अवसरमा विश्वसनीयता नरहेको कारण भरतमा सेयरबजारमा लगानी गर्ने लगानी पूँजी मा उच्च वृद्धि देखियो जसका कारण सेयरबजार सूचकमा तिब्र वृद्धि देखियो। 

सन् १९८६ मा सुरु भएको सेन्सेक्स सन् १९९० जुलाई २५ मा १००० अंकमा पुगेको थियो भने सन् १९९२ मार्च सम्म आइपुग्दा सेयरबजार ४००० अंक कटी सकेको थियो भने सन् १९९९ मा सेयरबजार ५००० काटिसकेको थियो। परिसूचक सेनसेक्सको अध्यन गर्दा सन् १९९० देखि सन् २००४ सम्म सेयरबजारमा साइड वे ट्रेन्ड रहेको थियो। 

सन् २००४ देखि सन् २००८ सम्म बजारमा अपट्रेन्ड देखियो । करिब ५८०० को आसपासमा रहेको सेयरबजार २००८ मा पुग्दा २०००० सम्म पुग्यो र सन् २००८ मा विश्वभर देखिएको आर्थिक मन्दीबाट भारतीय सेयरबजार अछूत रहन सकेन र २०००० रहेको सेयरबजार परिसूचक सन् २००९ मा आइपुग्दा १०००० अंकको गिरबटका साथ ९००० को हाराहारीमा आएको थियो। 

२००८ को आर्थिक मन्दीको अन्त्यसँगै सन् २००९ पछि सेयरबजारमा उच्च वृद्धि देखियो । सन् २०१० मा नै सेयरबजारले आफ्नो सकारात्मक तय लिएर सन् २००७ को आकडा अर्थात् सेयरबजार करिब २१००० को बिन्दुमा पुग्यो र केही करेक्सन लिँदै शेयरबजारले सन् २०१९ सम्म आइपुग्दा २०००० अंकको वृद्धिका साथ सेयरबजार ४१००० को अंकमा पुग्यो। कोभिडको प्रभावले सुरुवातमा उच्च अंकले घटेको भारतको सेयर बजार बिस्तारै लयमा फर्केको थियो । सन् २०२० को सुरुवातमा छोटो समयमानै करिब ११००० अंकको गिरबटका साथ २९००० अंकको हारहारीमा आएको थियो।

सन् २०२१ नोभेम्बर सम्म आइपुग्दा छोटो समयमा नै बजारमा २०००० अंकको वृद्धिका साथ करिब ६०००० को अंकमा आएको थियो र अहिले बजार करेक्सनका साथ अप ट्रेन्ड मा रहेको पाइन्छ। र अहिले भारतको सेयर बजार ५७३६२ को बिन्दुमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको