Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरेज फर्म मोर्गन स्टेनलीले भारतको सेयर मार्केटलाई ‘ओभरवेट’ मा गर्यो अपग्रेड, डिसेम्बरसम्म सेन्सेक्स साढे ६८ हजार पुग्ने अनुमान

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १६ : २१ मा प्रकाशित

ब्रोकरेज फर्म मोर्गन स्टेनलीले भारतको सेयर मार्केटलाई ‘ओभरवेट’ मा गर्यो अपग्रेड, डिसेम्बरसम्म सेन्सेक्स साढे ६८ हजार पुग्ने अनुमान

विश्वको अग्रणी रेटिङ्ग एजेन्सी मोर्गन स्टेनलीले भारतका लागि राम्रो संकेत दिएको छ । अमेरिकी ब्रोकरेज फर्म मोर्गन स्टेनलीले भारतको घरेलु स्टक मोर्केटको रेटिङ्गलाई ‘ओभरवेट’ मा परिवर्तन गरेको छ ।

यस अघि उसले भारतलाई इक्वल वेट प्रदान गरेको थियो । इक्वल वेटलाई ओभर वेटमा परिणत गर्न भारतका लागि राम्रो संकेत हो । त्यस्तै उक्त कम्पनीले चीन, ताइवान र अष्ट्रेलियालाई ‘इक्वल वेटेज’ मा डाउनग्रेड गरेको छ । मोर्गन स्टेनलीले बुधबार भारतको स्टकलाई ‘ओभरवेट’ मा परिवर्तन गरेको हो ।

यसका साथै कम्पनीले भारतको अर्थतन्त्र अबको दिनमा ‘लाेंङ्ग वेब बुम’ हुने संकेत दिएको छ । भारतलाई कम्पनीले दिएको ‘ओभरवेट’ संज्ञाले अगामी दिनमा भारतको अर्थतन्त्र थप सवल र सेयर मार्केटले राम्रो पदर्शन गर्ने अनुमान गरेको छ । 

एजेन्सीका अनुसार, भारतको म्याक्रो सूचकहरू लचिलो बनेको छ, जसका कारण भारतीय अर्थतन्त्र ६.२ प्रतिशत जीडीपी पूर्वानुमान प्राप्त गर्ने ट्र्याकमा छ। ओभरवेट रेटिङ्गको अर्थ ब्रोकरेज फर्मले भारतीय अर्थतन्त्रले भविष्यमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ। भारतको रेटिङ्गमा यो परिवर्तन यस्तो समयमा आएको हो जब अमेरिकाले आफ्नो ‘एएए’ रेटिङ स्थिति गुमाएको छ भने चीनको अर्थतन्त्र सुस्त छ।

मोर्गन स्टेनलीका विश्लेषकहरूले भनेका छन्, ‘हाम्रो प्रक्रियामा भारत ६ बाट १ मा सरेको छ । प्रतिवेदनमा भनिएको छ कि भारत तर्कसंगत रूपमा वृद्धिको लामो लहरको सुरुवाती दौरमा छ, जबकि चीनमा यसको अन्त्य हुँदैछ। केही महिनाअघि मोर्गन स्टेनलीले भारतको लचिलो अर्थतन्त्रलाई उद्धृत गर्दै देशको मूल्याङ्कनलाई अन्डर वेटबाट इक्वल वेटमा स्तरोन्नति गरेको थियो। फर्मले भारतको सेन्सेक्स परिसूचक डिसेम्बर महिनासम्म ६८ हजार ५ सयको विन्दूमा पुग्ने अनुमान गरेको छ । सेन्सेक्सले २०.५ गुणा भन्दा बढीले कारोबार गर्ने फर्मले अनुमान गरेको छ । 

भारत अब उदयमान बजारहरू माँझ शीर्ष स्थानमा रहेको छ । र, सबैभन्दा मनपर्ने बजार भएको छ । भारतको सेन्सेक्स परिसूचक डिसेम्बर महिनासम्म ६८ हजार ५ सयको विन्दूमा पुग्ने अनुमान गर्दछौँ । र, भारतको सेन्सेक्स परिसूचकले २०.५ गुणा भन्दा बढीले कारोबार गर्ने छ ।’ ब्रोकरेजले भनेको विषयलाई उदृत गर्दै इण्डियन एक्प्रेसले लेखेको छ। ‘समग्र स्टक बजार हेर्दा भारतका युवाले इक्विटी फ्लो वा प्रवाहलाई समर्थन गरेको कारण भारतमा अर्निङ्ग पर सेयर (इपीएस) बढदै गएको देखिन्छ ।’ ब्रोकरेजले थप भनेको विषयलाई उदृत गर्दै इण्डियन एक्प्रेसले लेखेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको