Like us!
Follow us!
Connect us!
Watch us!

के भारतीय सेयरबजार घट्दा नेप्से बढ्छ ?

धिरज पौड्याल

बुधबार, १३ पुस २०७९, १६ : ३५ मा प्रकाशित

के भारतीय सेयरबजार घट्दा नेप्से बढ्छ ?

नेपाल र भारत, यी दुई देश बीचको सम्बन्धलाई रोटी बेटीको सम्बन्धको रूपमा लिने गरिन्छ। आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणबाट सामान यी दुई राष्ट्रको अन्तरसम्बन्ध सेयरबजारमा भने फरक देखिन्छ।

विगत १ दशकको बजारलाई लाई तुलना गरेर हेर्दा भारतीय सेयरबजार र नेपाली सेयरबजारको अन्तरसम्बन्ध नकारात्मक देखिएको छ। भारतीय सेयरबजारमा सकारात्मक वृद्धि आउँदा नेपालको सेयर बजार घटेको देखिन्छ भने भारतीय शेयरबजार घटेको बेला नेपालको सेयरबजारमा सकारात्मक वृद्धि भएको देखिन्छ, यो प्रक्रिया सधै नदेखिए पनि अधिकांश समय यस्तो प्रक्रिया देख्न पाइन्छ। 

२००८ देखि २०१२ सम्म

सन् २००८ मा आएको आर्थिक संकटले विश्व अर्थतन्त्रमा प्रभाव पर्यो, अर्थतन्त्रको यात्रा निश्चित थिएन, नेपालको सेयरबजारले २००८ अगस्टबाट प्रतिक्रिया जनाउन थाल्यो,२००८ को सुरुवातमा ९८० को बिन्दुको आसपासमा रहेको नेपालको सेयरबजार मार्च सम्म ७०० अङ्कको बिन्दुमा आइपुग्यो र अप्रिल बाट अगस्ट सम्म बजार वृद्धि भएर १७७० अंक सम्म पुग्यो  ११७० सम्मको बिन्दुमा पुगेको सेयरबजारले  आर्थिक संकटको कारण गिरावट व्यहोर्न पर्यो, २००९ मा केही महिना सम्हालिन प्रयास गर्यो तर ६५० को बिन्दुमा सम्हालिन खोजेको बजार २०१२ सुरुवातमा २८० अङ्कको बिन्दुसम्म आइपुग्यो। 

यो अवधिमा भारतीय सेयरबजार २००८ को सुरुवातमा १८५०० अङ्कको बिन्दुमा थियो, बजार मार्चमा १५९५० को बिन्दुमा आयो र अप्रिलमा १७१०० पुग्यो। अप्रिल बाट बजार घटेर नोभेम्बरमा ९२०० सम्म आइपुग्यो। बजार २००९ मै सम्हालियो र त्यसपश्चात वृद्धिको बाटो समात्यो। 
२००९ मा ९००० मा रहेको सेनसेक्स २०११ को सुरुवातमा २०००० र २०१२ को डिसेम्बरमा १९५०० पुग्यो। नेप्से भने २००९ मा ६३२ रहेको नेप्से २०१२ को अन्त्यमा ५३८ मा आइपुग्यो। 

Nepse monthly chart(2008-2012)

Sensex monthly chart (2008-2012)

 २०१३ देखि २०१६ सम्म

India and Nepal GDP 2012-2017

यो अवधिमा नेप्से परिसूचक ११७० को बिन्दुबाट झरेर २९० को बिन्दुसम्म आईपुगेको थियो। तर सेन्सेक्स भने ९००० बाट बढेर २०००० सम्म पुग्यो। नेप्से परिसूचक ७५% को हाराहारीमा घट्यो भने सेन्सेक्स १००% भन्दा धेरैले बढेको थियो।

Sensex

Nepse

२०१३ देखि १०१६ को अन्त्यसम्म दुवै राष्ट्रको जीडीपीको ग्राफ बढ्दो देखिन्छ। यो अवधिमा सेयरबजार पनि दुवै राष्ट्रको सकारात्मक देखियो। २०१३ को सुरुवातमा ५०० अङ्कको बिन्दुमा रहेको नेप्से २०१६ को अन्त्यसम्म करिब ९०० बढी अङ्कको वृद्धिका साथ १६०० सम्म पुग्यो। नेप्सेले करिब १९०० को उच्च बिन्दु कायम गर्यो। त्यस्तै सेनसेक्स १९५०० अङ्कको बिन्दुमा रहेको थियो १०१६ को अन्त्य सम्म २६५०० अङ्कको बिन्दुमा पुग्यो। सेन्सेक्सले ३० हजार सम्मको उच्च बिन्दु कायम गर्यो। अर्थतन्त्र सुधारोन्मुख रहेको यो ४ वर्षको अवधिमा दुवै राष्ट्रको अर्थतन्त्र सुधारोन्मुख र वृद्धिको यात्रामा थिए, दुवै राष्ट्रको सेयरबजारमा सकारात्मक वृद्धि देखियो। 

२०१६ अक्टोबरमा भारतमा भएको नोटबन्दी

२०१६ अक्टोबर देखि डिसेम्बर सम्म भारतमा भएको नोटबन्दिको प्रभाव भारतमा केही अवधिको लागि नकारात्मक देखियो तर त्यसपछि बजार स्टेबल देखियो। करिब २७८०० को बिन्दुमा रहेको बजार डिसेम्बर सम्म करिब ५% ले घट्यो। 

Sensex

Nepse

नेपालको सेयरबजार २०१६ मा उच्च बिन्दुमा रहेको थियो। बैंक तथा बीमा कम्पनीहरुले उच्च बोनस र हकप्रद सेयर जारी गरी पूँजी बढाउने भएपछी लगानीकर्ताहरु सेयर बजारमा झुम्मिए। जसको प्रभावस्वरुप बजारमा उछाल आयो। अभिलेख हेर्दा बजार २०१२ मा ३०० को बिन्दुबाट बढेको बजार बढेर १८९० सम्म जुलाईमा पुगेको थियो। बजार त्यसपछि घटेर १२०० सम्म आइपुग्यो, बजारलाई त्यसबेला भारतको नोटेबन्दिले केही प्रभाव गरेको थियो। 

२०१७ पछि हालसम्म 

२०१७ पश्चात दुवै सेयरबजारले नयाँ उच्चतम बिन्दु कायम गर्यो। २०१७ को सुरुवात देखि फेब्रुअरी २०१८ सम्म भारतीय सेयरबजार करिब ४०%ले बढ्यो। बजार २५ हजार बाट ३६ हजार सम्म पुग्यो। त्यसपछि बजारले छोटो गिरावटका साथ २०१८ अप्रिल सम्म ३२ हजार ५ सय नजिक आइपुग्यो। २०१७ को सुरुवातमा बढेको बजार अप्रिल देखि सेयरबजार परिसूचक नेप्से २०१८ फेब्रुअरी सम्म ३०% ले घटेर करिब १७०० को बजार १२०० नजिक आइपुग्यो।

Sensex

Nepse

बजार त्यसपछि अपट्रेन्डमा रह्यो, अगस्टमा बजार ३९ हजार पुग्यो र घट्यो अक्टोबर सम्म ३३४०० नजिक आइपुग्यो। अगस्टमा ११६१ रहेको नेप्से र अक्टोबर सम्म पुग्दा १२४५ पुग्यो। २०२० को सुरुवातमा विश्वब्यापी कोभिडको कारण सेयरबजार सकारात्मक देखिए । भारतीय सेयरबजार पछिल्लो समय बढ्दो रहदाँ नेप्से घट्दो रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको