Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, जीवन विकास काराेबारमा अब्बल

नेप्से

सोमबार, १४ चैत्र २०७८, १५ : ०५ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, जीवन विकास काराेबारमा अब्बल

आज (साेमबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । साेमबार नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेकाे छ । नेप्से १.१७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा पुगेकाे छ ।

कूल २३१ वटा कम्पनीकाे ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । 

साेमबार जीवन विकास लघुवित्त वित्तीय संस्थाा लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे २२ कराेड २४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

त्यसैगरी, यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ४.८२ अंकले घटेर ६ सय २६ रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको