Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई नासा सेक्यूरिटीजको नि:शुल्क ज्ञानमुलक भिडियो, अधिकतम सुविधा लिन आग्रह

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १५ : २३ मा प्रकाशित

लगानीकर्तालाई नासा सेक्यूरिटीजको नि:शुल्क ज्ञानमुलक भिडियो, अधिकतम सुविधा लिन आग्रह

नासा सेक्यूरिटीज् कम्पनी लिमिटेड अर्थात् ब्राेकर नम्बर ५८ ले लगानीकर्तालाई नि:शुल्क ज्ञानमुलक भिडियो प्रदान गर्ने भएकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस कम्पनी मार्फत शेयर कारोवार गरिरहेका र भविष्यमा कारोबार गर्ने सम्पूर्ण लगानीकर्ताहरुलाई मध्यनजर गर्दै सेयर बजार र कारोबारसँग सम्बन्धित विविध विषयको ज्ञान दिने हेतुले विशेष जानकारी मुलक Video Tutorials निःशुल्क रुपमा उपलब्ध गराउने भएको हाे ।

सामान्यतः रु. १४९९ मा उपलब्ध हुने उक्त Video Tutorials का लागि कम्पनीले Mero school app सँग आवश्यक सहकार्य गरी सो app मार्फत online वा offline तरिकाले पुर्णतः निःशुल्क रुपमा अध्ययन गर्न सकिने व्यवस्था मिलाएको एक विज्ञप्ति मार्फत् जानकारी दिएकाे छ । यी अध्ययन सामाग्रीहरु निःशुल्क रुपमा प्राप्त गर्नका लागी चाहिने डिस्काउन्ट भौचर कोड तथा अन्य जानकारी इमेल मार्फत सबै ग्राहकवर्गमा पठाई सकिएकाे कम्पनीले जनाएकाे छ । 

कम्पनीले सबै लगानीकर्ताहरु तथा सरोकारवालाहरुलाई उक्त अवसरको अधिकतम सुविधा लिन आग्रह गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको