Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणले वाचा पुरा गर्न नस्कदा लोडसेडिङको मारमा उद्योग

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : ०४ मा प्रकाशित

विद्युत प्राधिकरणले वाचा पुरा गर्न नस्कदा लोडसेडिङको मारमा उद्योग

विद्युत प्राधिकरणले अहिले दैनिक १२ घण्टासम्म बिजुली काट्न थालेपछि अपठ्यारोमा परेको उद्योगीहरूले बताएका छन् । रुस युक्रेन युद्धले पेट्रोलियम पर्दाथको मुल्यमा बढोत्तरी भएपछि भारतबाट हुने विद्युत खरिदमा कमी आँउदा नेपालका उद्योगधन्दामा लोडसेडिङ सुरू भएको हो ।
केही समयअघि लोडसेडीङ हुने आँकलन भईरहदा प्राधिकरणले पत्रकार सम्मेलन गरी कुनै हालतमा लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या उत्पन्न हुन नदिने बताएका थिए । 

प्राधिकरणले हालसम्म उपभोक्तालाई वितरण गर्नें बिजुली काटेको नभएपनि उद्योगहरूले भने विद्युत आपूर्तिमा अवरोधका कारण दैनिक करोडौं क्षति खेपिरहेका छन् । विगतमा प्राधिकरणले बढी भन्दा बढी विद्युत खरीद गर्न प्रोत्साहित गरेकोले आफुहरु पनि त्यही अनुसार अघि बढेको भएपनि अहिले यतिधेरै लोडसेडीङ गर्दा ठुलो क्षति व्यहोर्नु परेको व्यवसायीहरुको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरणले एक महिना भित्रै यो समस्या समाधान हुने जनाएको छ । तर व्यवसायीहरु भने तबसम्म आफुहरुले ठुलो घाटा उठाउनुपर्ने भनेर चिन्तीत देखिन्छन् । साथै प्राधिकरण केही समय अघि मात्रै आफुले गरको बाचामा खरो उत्रीन नसकेकोले उसको यो भनाई प्रतिपनि व्यवसायीहरु आश्वस्त देखिँदैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको