Like us!
Follow us!
Connect us!
Watch us!

ठूला लगानीकर्ताहरु रुवाबासी गर्दै गर्दा फरक परिदृश्य देखाऊँदै MFI इन्डिकेटर

बसन्त पाण्डे

सोमबार, १४ चैत्र २०७८, १७ : ०२ मा प्रकाशित

ठूला लगानीकर्ताहरु रुवाबासी गर्दै गर्दा फरक परिदृश्य देखाऊँदै MFI इन्डिकेटर

साताको पहिलो दिन हिजो आइतबार घटेर बन्द भएको बजार आज सोमबार पनि घटेको छ। इन्स्योरेन्स कम्पनीहरुको पुँजी वृद्धिको प्रसङ्गसँगै उच्च रुपमा बढ्ने अपेक्षा गरिएको बजार उल्टै उच्च रुपमा घट्न थालेपछि सामाजिक संजालमा लगानीकर्ताहरुको कोकोहोलो सुनिन थालेको छ। बजारमा ठूला लगानीकर्ता भनेर चिनिएका लगानीकर्ताहरुले नै बजार घट्यो भन्दै सामाजिक संजालमा रुवाबासी र एक अर्कालाई गालीगलोज गर्न थालेपछि साधारण लगानीकर्ताहरु बजार अझ धेरै घट्ने हो कि भन्ने त्रासमा थप आतंकित बनेका छन्। 

सामाजिक सञ्जालमा लगानीकर्ताहरुको कोकोहोलो चल्दै गर्दा MFI इन्डिकेटरले चाहिँ बजारमा बटम लाग्दै गरेको संकेत गरेको छ।  मनी फ्लो इन्डेक्स (MFI) ले मूल्य र कारोबार भएको भोलुमको आधारमा बजार अहिले कुन अवस्थामा छ भन्ने कुरा देखाउने गर्दछ।  प्राय: इन्डिकेटरहरु कि त प्राईसलाई आधार मानेर बनाईएका हुन्छन कि त भोलुमलाई आधार मानेर। तर MFI इण्डिकेटरले प्राईस र भोलुम दुबैलाई समेट्ने गर्दछ।  त्यसैले MFI इन्डिकेटरलाइ निकै विश्वसनीय मानिन्छ।  

MFI एउटा ओसिलेटर इण्डिकेटर हो। ० देखि १०० को स्केलमा घुम्ने यो इण्डिकेटर ८० भन्दा माथि जाँदा सेयरमूल्य उच्च भएको र अब घट्न सक्ने मानिन्छ भने २० भन्दा तल जाँदा सेयरमूल्य निकै न्यून भएको र अब बढ्न सक्ने मानिन्छ।  

अहिले MFI कस्तो अवस्थामा छ र नेप्सेमा MFI ब्याक टेस्टिङ्ग गर्दा के देखियो ? 

नेप्से ३२२७ बाट घट्ने बेलामा MFI ८० को लेभलमा पुगेको थियो। ३२२७ को बिन्दुबाट खसेर नेप्से २५४० को बिन्दुतिर आउंदै गर्दा MFI २० को लेभलमा आइपुगेर त्यहाँबाट बढ्न थालेको थियो।  त्यसपछि थोरै अंकले नेप्से घटेर २४८० को बिन्दुमा आइपुगेर त्यहाँबाट एग्रेसिभ्ली बढ्न थाल्यो र २८७७ को बिन्दुसम्म पुग्यो।  नेप्से २८७७ को बिन्दुमा पुग्दा MFI ८० को लेभलमा थियो।  त्यहाँबाट घट्न थालेको बजार २२६० को बिन्दुसम्म आयो।  नेप्से २२६० को बिन्दुमा आइपुग्दा MFI २० को लेभलमा थियो। २२६० बाट नेप्से बढेर २९८३ को बिन्दुसम्म पुग्यो।  २९८३. को बिन्दुमा नेप्से पुग्दै गर्दा MFI १०० को लेभलमा पुगेको थियो जुन  एक्स्ट्रिम ओभरसोल्ड जोन थियो। २९८३ को बिन्दुबाट खसेको बजार २४९८ को बिन्दुसम्म आयो।  बजार २४९८ को बिन्दुमा आइपुग्दा MFI २५ को लेभलमा थियो।  बजार २४९८ को बिन्दुबाट बढेर २६८० को बिन्दुसम्म पुगेर खस्दै गर्दा अहिले MFI ४२ को लेभलमा छ। MFI इण्डिकेटर र नेप्सेको ईतिहास हेर्दा बजारले अब बटम लगाएर बजार एग्रेसिभ्ली माथि जान सक्ने देखिन्छ। आगामी दिनमा यदि बजार घट्दै गर्दा पनि MFI २५ को लेभलभन्दा माथि माथि नै रहन सफल भयो भने बजार बढेर माथितिरै जाने कन्फरमेसन प्राप्त हुनेछ।  

बजार घटेर ठूला लगानीकर्ताहरु सामाजिक संजाल तथा मिडियाहरुमा प्यानिक रुपमा प्रस्तुत हुँदा बजार एग्रेसिभ्ली घट्ने र बटम लगाएर माथितिर जाने गरेको ईतिहास छ।  अहिले टेक्निकल्ली हेर्दा बजार बढ्नै पर्ने ठाउँमा रहेको देखिन्छ।  बजारको पहिलो बलियो सपोर्ट २४८० को एरियामा रहेको छ भने यदि बजार २४८० भन्दा पनि तल जान्छ भने बजार बढीमा २४०० को लेभलसम्म झर्न सक्छ। तर अहिलेको कारोबार र अन्य घटनाक्रमहरुलाई अध्ययन गर्दा बजार २४८० भन्दा तल जाने सम्भावना निकै कम देखिन्छ।  

62419b103b464.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको