Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेसमा गठबन्धनबारे दुई धार : मंगलबारको बैठकबाट छिनोफानो हुने

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : ४३ मा प्रकाशित

नेपाली कांग्रेसमा गठबन्धनबारे दुई धार : मंगलबारको बैठकबाट छिनोफानो हुने

नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा आगामी चुनावमा अन्य दलहरुसँग तालमेल गर्ने की नगर्ने भन्नेमा नेताहरु विभाजीत भएका छन् । यही विषयलाई लिएर बैठकमा शिर्ष नेताहरुबीच नै चर्काचर्की समेत परेको छ । 

आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग गठबन्धन गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र अर्को समूहका नेता डा शेखर कोइरालाबीच सवाल–जवाफ भएको हो । कोइरालाले ’माओवादी मोह’ बताएपछि आक्रोशित देउवाले आफ्नो ’आइडोलोजी’मा शंका नगर्न आग्रह गरेका थिए । 

’धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्याे नी’, उनको भनाइ थियो । उनले गठबन्धन नहुँदा आफूले नै बालबाल जितेको उल्लेख गर्दै हारेकाहरुलाई जिताउन गठबन्धन गर्नुपर्ने बताए । 

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस प्रवक्ता महतले तीन दिनसम्म चलेको बैठकमा सवैथरीको सुझाव आएको बताए । ‘केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश साथीहरुबाट आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव आएको छ’ उनले भने ‘कतिपय साथीहरुको मत गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने पनि छ । 

बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि भोलीको बैठकले एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने उनले बताए । बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने छ । भोलिको बैठकबाट चुनावी तालमेलबारे अन्तीम निर्णय हुने जनाइएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको