Like us!
Follow us!
Connect us!
Watch us!

आरटिजीएस प्रणाली सञ्चालन हुने समय बढ्याे

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : २८ मा प्रकाशित

आरटिजीएस प्रणाली सञ्चालन हुने समय बढ्याे

आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालन हुने समय सीमा बढेकाे छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै  वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालन हुने समय सीमा बढेकाे जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार अब माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुनेछ ।

प्रत्येक शुक्रबार भने बिहान ९ बजेदेखि दिउँसाे १:३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62443414f0640.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको