Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ इन्स्योरेन्स सहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

विहीबार, १७ चैत्र २०७८, ०७ : ०२ मा प्रकाशित

नेप्सेमा २ इन्स्योरेन्स सहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९.६२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय १६ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ९१ रूपैयाँ ३० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य एक हजार २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ रूपैयाँ २४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ८ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको