Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी एजेन्डा पारित हुँदै

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०७ : ०१ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी एजेन्डा पारित हुँदै

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आज विहिबार आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुँदैछ ।

उक्त सभाले कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसैगरी, सभाबाट कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ६ चैत्रमा बुक क्लोज गरेको थियो तसर्थ ५ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको