Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बृद्धिको प्रस्ताव सहित आइएमई जनरलले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०८ : ३६ मा प्रकाशित

पूँजी बृद्धिको प्रस्ताव सहित आइएमई जनरलले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

आइएमई जनरल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख ९ लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २५ चैत्र बुक क्लोज गर्नेछ । यसअनुसार २४ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको सूचनाः

6245189fad6c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको