Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

शुक्रबार, १८ चैत्र २०७८, १६ : ५९ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ९ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ८ कम्पनीकाे बोनस सेयर र एउटा कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचिकृत भएकाे हाे । 

हेर्नुस् कुनकाे कति कित्ता ?

एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता सेयर सूचिकृत भएको हो ।

सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३१.०५ प्रतिशत बाेनस बापतकाे ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

नबिल बैंक लिमिटेडकाे ३३.६० प्रतिशत बोनस बापतको ४ कराेड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको हो ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख ६८ हजार ४ सय ४३ दशमलव ८८ कित्ता सेयर सूचिकृत भएको हो ।

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हो ।

ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको