Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मोवाईल व्यवसायी महासंघको वार्षिक साधारण सभा चैत्र २५ गते हुँदै

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १२ : २६ मा प्रकाशित

नेपाल मोवाईल व्यवसायी महासंघको वार्षिक साधारण सभा चैत्र २५ गते हुँदै

नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो । 

महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान ९ः०० बजे होटल एलफ्टमा सुरु हुने छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, माननीय विशाल भट्टराई, व्यवसायी दिपक मलहोत्रा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहने महासंघले जनाएको छ । 

यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिने समेत जनाईएको छ । 

कार्यक्रममा सहभागि हुन नेपाल मोवाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सम्पूर्णमा आह्वान गरेका छन् । उनले ४० जिल्लामा विस्तार भएको संस्था २ वर्षको अबधिमा ७७ जिल्लामा संरचना विस्तार गर्ने जानकारी दिए । साथै, उनले नेपालमा छरिएर रहेका मोबाईल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवाला समक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए । 

उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महसुस गरेको दाबी समेत गरे । 

साथै, उनले अर्बौं राजश्व बुझाँउने कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको