Like us!
Follow us!
Connect us!
Watch us!

बर्दिबासमा एक दिने लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १२ : ५० मा प्रकाशित

बर्दिबासमा एक दिने लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

नेपाल पूँजीबजार लगानीकर्ता संघ र अनलाईन सेक्युरिटीज प्रा.लीको संयुक्त आयोजना बर्दिबासमा एक दिने लगानीकर्ता शिक्षा कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ ।  

नेपालको पुँजीबजारमा अहिले भित्रियका लाखौँ नयाँ लगानीकर्ताहरुमा सचेतना जगाउने, पुँजी बजारका बारेमा ज्ञान अभिबृद्धि गर्ने र पूँजी बजारलाई मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउछिन् नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल ।

कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले लगानीकर्ताहरुलाई सचेत बनाउने काम मुख्य गरी राज्यको भएपनि पछिल्लो समयमा नेपालको पूँजीबजारमा देखिएको लगानीकर्ताहरुको उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि देशका विभिन्न क्षेत्रहरुमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता समेत जनाइन् ।  

२०० जना भन्दा बढि लगानीकर्ताहरु उपस्थित भएको कार्यक्रममा संघका मधेश प्रदेश संयोजक अरुण श्रीवास्तव, महोत्ततरी जिल्ला संयोजक राकेश चौधरी, धनुषा जिल्ला संयोजक बिजय पन्जियार, रौतहट संयोजक चिरन्जीबी सिँह र रौतहट जिल्ला सह संयोजक चन्दन यादवको समते उपस्थिती थियो । कार्यक्रमको प्रमुख अतिथी बर्दिबास नगरपालिकाका प्रमुख बिदुर कार्की थिए । 

नेपाल पूँजीबजार लगानीकर्ता संघको पहलमा बर्दिबासमा अनलाइन सेकुरिटिज ब्रोकर नं. ४९ शाखा कार्यलय समेत स्थापना भएको छ ।

624948a2ae1ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको