Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १६ : ४२ मा प्रकाशित

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी

सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ । 

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट कूल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् । 

पछिल्लो तीन महिनामा टिआइएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरु थिए । सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका थिए । 

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टिआइए हुँदै विभिन्न देश गएका थिए । 

२०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए । 

गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको