Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनमा असाधारण हतियार पठाउने बारेमा छलफल गर्दै अमेरिका

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १२ : ११ मा प्रकाशित

युक्रेनमा असाधारण हतियार पठाउने बारेमा छलफल गर्दै अमेरिका

युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । 

रुसी आक्रमणबीच अमेरिकाले  अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २.३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् ।

 अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक हतियार क्षमताको ‘हद र गहिराई’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन् ।

रुसी राषट्रपति भ्लादमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । 

यसैबीच, बेलायतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ । 

अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृत्युदण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्नेछन् ।

अमेरिका र बेलायतले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्र संघीय मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन् । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको