Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी राष्ट्रपतिले सुरक्षा परिषद् बैठकमा सम्बोधन गर्ने

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १३ : ३९ मा प्रकाशित

युक्रेनी राष्ट्रपतिले सुरक्षा परिषद् बैठकमा सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्ने भएका छन्।

मंगलबार बस्ने सुरक्षा परिषदको आकस्मिक बैठकमा आफूले सम्बोधन गर्ने राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए । सोमबार नियमित रात्रिकालीन सम्बोधनको क्रममा उनले युक्रेनी नागरिकले भोगिरहेको अवस्था विश्वलाई जानकारी दिन सम्बोधन गर्न लागिएको उल्लेख गरेका छन्।

राजधानी किएभको बुचा क्षेत्रमा रुसी सैनिकले ‘नरसंहार’ गरेको आरोप लगाएका जेलेन्स्कीले त्यसको खुला तथा पारदर्शी अनुसन्धानको माग पनि गरीरहेका छन ।

बुचामा सर्वसाधारणका शव जलाइएको, हात बाँधिएको, सडकमा त्यसै अलपत्र छोडिएको, सामूहिक रुपमा गाडिएको अवस्थामा भेटिएको युक्रेनको दावी छ । रुसी सैनिक त्यहाँबाट फिर्ता भएपछि विनाश र गम्भीर हत्याको तस्बिर बाहिरिएको जनाउदै युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ ।

तर रुसले भने विनाप्रमाण आफूमाथि युद्ध अपराधको आरोप लगाइएको तर्क गरीरहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको