जानकी फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । फाइनान्सका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।
फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन बमोजिम सर्वप्रथम फाइनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर फाइनान्सकाे सचिव कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएकाे छ ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस