Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०७ : ४३ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर लिलाम आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज (चैत्र १६ गते, बुधबार) बाट चैत्र २४ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

कसरी दिने आवेदन ?

लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारन–काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु नेपालगंज, विराटनगर, पोखरा, सुर्खेत, बिरगंज धनगढीबाट र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगंज १३, आदर्शनगर, पर्सा वीरगंज २५, ड्राईपोट, पर्सा, बीरगंज ३१,  चोनीै, पर्सा, बीरगजबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको