Like us!
Follow us!
Connect us!
Watch us!

‘संकटले अवसर पनि दिन्छ, अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ’

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ११ : ०५ मा प्रकाशित

‘संकटले अवसर पनि दिन्छ, अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ’

पूर्व मुख्यसचिव डा. विमल प्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्ने तर्फ सचेत गराएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले विदेशीमुद्रामा चाप परेको छ । हुन त अहिले आँत्तिहाल्नुपर्ने अवस्था छैन् । सरकारले चनाखो भएर उपयुक्तकदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन् । तर, हामीले होस पुर्याएनौंभने श्रीलंकाजस्तो अवस्था हुनसक्छ।’

साक्षात्कारमा बोल्दै उनले बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्ने हुनसक्ने पनि सुनाए । उनले भने,‘बजेट घाटा बढ्यो भने गरिबी बढ्छ । सरकारले समग्र विकासमा असर पर्ने कुरामा खेलबाड गर्नुहुँदैन थियो । गएको एक वर्षदेखि यीवित्तिय समस्या देखा परेकाथिए । कोभिड सुरु हुनासाथ आर्थिक मन्दी हुन्छ भनेका थियौं । आपूर्ति र वित्तिय व्यवस्था सबैमा कोभिडले धक्का दियो । महामन्दी जस्तै भयो । सरकार चनाखो हुन सकेन् ।’

अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले भने,‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटन पनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यता तर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले अहिले कस्ता वस्तु आयात भैरहेकाछन् भन्नेतर्फ सरकारले ध्यानदिनुपर्ने सुनाए । उनले भने,‘हामीले यो कुरा हेर्नुपर्छ । अहिले अर्थतन्त्रलाई भार भयो । गलगाँड घाँटीमा आएको कुरा सरकारले देखेन । सरकारले सुधारात्मक उपाय अपनाउन सकेन । आर्थिक शासन व्यवस्था फेल भयो भने । जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । कमर्सियल लोन लिएका छौं । अर्थतन्त्रको उत्पादत्वकलाई ध्यान दिनुपर्छ ।’

अर्थतन्त्रको उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौ । अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ । सुधारको बाटोमा जानुपर्छ । घण्टी बजिसकेपछि चेतिनुपर्यो । यो सुल्झाउन सकिने समस्याहो । सरकारले क्षणिक राजनीतिक तुष्टिको निम्ति अर्थतन्त्रको दीर्घकालिन स्वास्थ्यलाई खेलबाड गर्नुभएन ।’

उनले वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने,‘सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधिपनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।’

अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जाुनपर्ने उनको भनाई छ । उनले भने,‘राजश्वका स्रोत परिचालनगर्नुपर्छ । आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तिय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ । विकास र गभर्नेन्सको पाटो पनि छ । यसो गर्न सकियो भने सरकारप्रति जनता विश्वस्त हुन्छन् ।’

उनले शासनमा बसेकाहरुले भाषण गरेरमात्रै नहुने भन्दै त्यसको लागि कार्यान्वयन पक्षमा ध्यानदिनुपर्ने बताए । उनले भने,‘नेतृत्वमा बसेकाहरुले काम गरेर देखाउनुपर्छ । यो मौका हो । संकटले अवसर पनि दिन्छ । सरकारले अहिलेको समस्याको तत्काल उपचार खोज्नुपर्छ । चुनावको अंक गणितमा नअल्झिकन वित्तिय स्थिरताको लागि जनतालाई दिने कुरामा हिच्कियाउन हुँदैन्, अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको