Like us!
Follow us!
Connect us!
Watch us!

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १२ : ११ मा प्रकाशित

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । 

रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् । 

सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् ।  हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ । 

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको