Like us!
Follow us!
Connect us!
Watch us!

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १३ : ४८ मा प्रकाशित

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । 

यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । मन्त्री बडुलाई प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको प्रधानमन्त्री निकट स्राेतले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको