Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री महावीर पुनको गल्ती सच्याई : विद्यालय होइन, पालिका जिम्मेवार

अर्थ संसार

शनिबार, ११ असोज २०८२, १० : ५० मा प्रकाशित

मन्त्री महावीर पुनको गल्ती सच्याई : विद्यालय होइन, पालिका जिम्मेवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं–तिहारको अवसरमा शिक्षकको तलब निकासा सम्बन्धी आफ्नो पहिलो फेसबुक स्टाटस सच्याएर नयाँ सूचना सार्वजनिक गरेका छन्।

पहिलो स्टाटसमा उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब रोकेको भन्दै कारबाहीको चेतावनी दिएका थिए। तर दोस्रो स्टाटसमा उनले गल्ती सच्याउँदै विद्यालय होइन, पालिकाले तलब रोकेको गुनासो आएको भन्दै कारबाहीको चेतावनी पालिकालाई दिएको स्पष्ट पारेका छन्।

पुनका अनुसार शिक्षा मन्त्रालयबाट शिक्षकको तलब पहिले नै प्रत्येक पालिकामा पठाइसकिएको भए पनि केही पालिकाले अनावश्यक ढिलासुस्ती गरेको गुनासो आएको छ। उनले भोलीसम्म शिक्षकको तलब निकासा नगरेमा सम्बन्धित पालिकालाई नियमानुसार कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको