Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री लेखक राजीनामाको तयारीमा

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १९ : ३६ मा प्रकाशित

गृहमन्त्री लेखक राजीनामाको तयारीमा

जेनजी आन्दोलनमा भएको कडा दमन र ठूलो मानवीय क्षतिपछि तीव्र आलोचनाको सामना गरिरहेका गृहमन्त्री रमेश लेखकले पद छोड्ने तयारी गरेका छन्। नेपाली कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठेपछि राजीनामा आवश्यक भएको निष्कर्ष निकालिएको हो।

बैठकपछि कांग्रेसका एक पदाधिकारीले भने, “घटनाको सम्पूर्ण जिम्मेवारी लेखकले लिनुपर्छ, अब उहाँको राजीनामा आउँछ।”

देशभर भएका प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगका कारण २० जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा मात्रै १८ जना मारिएका छन् भने इटहरीमा २ जनाको मृत्यु भएको छ। २५० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ। तीमध्ये १९ वर्षीय श्रीयाम चौलागाईं (ग्लोबल कलेज), बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको पुष्टि गरिएको छ। बाँकी तीन जनाको सनाखत हुन बाँकी छ।

त्यस्तै, काठमाडौं मेडिकल कलेजमा निधन भएका मध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ। बाँकी १२ जनाको सनाखत प्रक्रिया जारी छ।

काठमाडौंका सिभिल, एभरेस्ट, केएमसी, वीर, ट्रमा सेन्टर, टिचिङ र पाटन अस्पतालमा घाइतेहरूको उपचार भइरहेका छन्। प्रशासनले दिएको विवरणअनुसार २५६ भन्दा बढी घाइते उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको