Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा, यस्ता छन् विशेषता

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १६ : ३९ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा, यस्ता छन् विशेषता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

आम जनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो । 

सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशत सम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बीमा समेत प्राप्त गर्न सक्नेछन् । वित्तीय क्षेत्रमै नयाँ अभ्यासको सुरुवात गर्दै संस्थाले सर्वश्रेष्ठ सबल बचत खता खोल्ने सेवाग्राही सदस्यहरुले तोकेबमोजिमको फारम भरेर संस्थाको जुन सुकै शाखा कार्यालयबाट पैसा निकाल्न र जम्मा गर्न सक्नेछन् र पैसा, जम्मा गर्दा र निकाल्दा कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ । 

यस्ता छन् सबल बचत खाताका बिशेषताहरु :
-सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशत सम्म बार्षिक व्याजदर कायम गरिएको छ । 
-पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ । 
-सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५% ।
-बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५% रहेको छ ।
- धितो कर्जामा कर्जाको व्याजदरमा ०.५०% छुट रहेको छ ।
-बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।  
-यस बचत खातामा ब्द्यद्यक् को सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्छ ।
-सदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सकिन्छ । 

यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप नवीनतम् प्रबिधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा मार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एस.एम.एस (क्ःक्) मार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुशासन्धानात्मक क्षेत्रहरुमा लगनी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको