Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १६ : ५६ मा प्रकाशित

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स लिमिटेडको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको कार्यक्रम चैत्र १९, २० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा सम्पन्न भएको हो । 

चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी, अतिथी अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए । 

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको