Like us!
Follow us!
Connect us!
Watch us!

९ अर्बले बढ्यो निक्षेप, ओरालाे लाग्दै सिडी रेसियो

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १७ : ०९ मा प्रकाशित

९ अर्बले बढ्यो निक्षेप, ओरालाे लाग्दै सिडी रेसियो

बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप संकलन एकदिनमै ९ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाे ओरालाे लाग्न थालेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र २२ गते, मंगलबार बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब १५ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा कुल निक्षेप ९ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ८ अर्बले बढेर ४३ खर्ब ५१ अर्ब पुगेकाे छ । 

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब २ अर्बमा स्थिर देखिएकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.५८ प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

यसअघिकाे निक्षेप तथा सिडी रेसियाेकाे अवस्था थाहा पाउन याे समाचार पढ्नुहाेस् : एकदिनमै ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

624ecb8ed0b40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको