Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद भर्न किन मिलेन ? यस्तो छ सिडिएससीको जवाफ

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १४ : ०० मा प्रकाशित

अपि पावरको हकप्रद भर्न किन मिलेन ? यस्तो छ सिडिएससीको जवाफ

आज आइताबारदेखि खुल्ला गरिएको अपि पावर कम्पनीको हकप्रदमा कतिपय लगानीकर्ताहरुले मेरो सेयरबाट आवेदन गर्न मिलिरहेको छैन । आजैबाट आवेदन खुला भएको कम्पनीको हकप्रदमा आवेदन गर्ने अप्सन नै नआएपछि अहिले लगानीकर्ताहरु अन्योलमा देखिन्छन् । 

डाटा अपलोडमा केही समस्या देखिएकाले कतिपय लगानीकर्ताहरुको मेरो सेयरमा आवेदन गर्ने अप्सन नदेखिएको बताउँछन् सिडिएस एण्ड क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य । 'डाटा अपलोडको काम केही आंशिक रुपमा मात्र भएको देखियो, अहिले पुनः डाटा अपलोडको काम कम्पनीबाट भइरहेको सूचना हामिलाई प्राप्त भएको छ अबको १ २ घण्टा भित्रमै सबैले आवेदन दिन मिल्छ' उनले भने ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज,धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर,दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको