Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर महाप्रसाद अधिकारी निलम्बित !

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, २० : ०३ मा प्रकाशित

गभर्नर महाप्रसाद अधिकारी निलम्बित !

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बन गरिएको स्रोतले जनाएको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गरेको बताइएको छ । कार्यबाहकको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको स्रोतले जनाएको छ । 

आज बिहान राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका थिए । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा असन्तुष्टी जनाएका हुन् । उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

अर्थमन्त्री शर्मा बोल्नु अगाडि बोलेका गभर्नर अधिकारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी दिएका थिए । गभर्नरको उक्त अभिव्यत्ति पछि बोलेका अर्थमन्त्री शर्माले कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन भनेका थिए । 

बाबाले देखे सकारात्मक संकेत :अन्तिम दिनमा देखिएको उछालले कता जाला नेप्से ? Ajay Singh Thapa

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको