Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेलाई 'मेनेजर अफ द इयर -२०२२' को अवार्ड

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १० : ३३ मा प्रकाशित

एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेलाई 'मेनेजर अफ द इयर -२०२२' को अवार्ड

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।

शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरे ।

उनको  पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई  २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि  ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई  ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई .४१.४३ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ । 

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन न्यौपानेको नेतृत्वमा बैंक सफल भएको छ । 

उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द ईयर २०७८, बैंकिङ सीईओ अफ द ईयर–२०२१ बाट पनि सम्मानित भएका थिए । एनआईसी एशिया बैंकका मुलुकभर ३५८ शाखा कार्यालय रहेका छन् । यस्तै ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् समेत बैंकले सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको