Like us!
Follow us!
Connect us!
Watch us!

तरलताको संकट भयावह हुँदैछ : नेकपा एमाले

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १४ : २८ मा प्रकाशित

तरलताको संकट भयावह हुँदैछ : नेकपा एमाले

नेकपा एमालेले तरलताको संकट भयावह हुँदै गएकाे बताएकाे छ ।

एमालेले पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएकाे विज्ञप्तिकाे चाैँथाे बुँदामा बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धा र तरलता संकटकाे बारेमा कुरा गरिएकाे छ ।

सेयर बजारको वृद्धिले रकम बैंकिङ प्रणाली बाहिर गएको एमालेको ठहर

विज्ञप्तिकाे चाैँथाे बुँदामा भनिएकाे छ, " बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धा र तरलता संकट - तरलताको संकट भयावह हुँदैछ । समग्र वित्तीय प्रणालीमा लगानीयोग्य रकमको चरम अभाव छ । व्यवसायीले आवश्यक सामानको पनि एलसी खोल्न पाएका छैनन् । चर्काे व्याजदरमा समेत उत्पादनमा लगानीका लागि पूँजी प्राप्त नहुने अवस्था छ । हुण्डी, तस्करी, घुसखोरी, राजस्व चुहावट र कमिसनतन्त्र मौलाउँदै जादा अर्थतन्त्रबाट पैसा हराउँदैछ । अहिले उद्योग, व्यवसाय, निर्माणका लागि चालू पूँजी तथा अति आवश्यकीय एलसी खोल्न समेत बैंकहरूमा सरलताको अभाव देखिएको छ। अहिले आएर राष्ट्र बैंकले कतिपय वस्तुको एलसी नखोल्न बैंकहरूलाई निर्देशन दिएको खबर बाहिर आएका छन् । तर यसलाई अर्थमन्त्रीले नरुचाएको होकी भन्ने शंका गभर्नर माथिको कार्वाहीले पुष्टि गर्छ।"
 

62529a6111b7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको