Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको वृद्धिले रकम बैंकिङ प्रणाली बाहिर गएको एमालेको ठहर

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १४ : १६ मा प्रकाशित

सेयर बजारको वृद्धिले रकम बैंकिङ प्रणाली बाहिर गएको एमालेको ठहर

नेकपा एमालेले सेयर बजारको वृद्धिले रकम बैंकिङ प्रणाली बाहिर गएको जनाएकाे छ । 

नेकपा एमालेको केन्द्रिय प्रचार विभागले आज (आइतबार) मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरेकाे छ । साेही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाे विज्ञप्तिमा बैकिङ क्षेत्रबाट बाहिर गएको ऋण बैंकमा नफर्किएकाे उल्लेख गरिएकाे छ ।

गभर्नरमाथिको कारबाही गैरकानुनी भन्ने कुरा काङ्ग्रेसले कहिल्यै चेतेन : एमाले

पूर्व अर्थमनत्रीको आरोप :सरकारको असक्षमताले मुलुकको अर्थतन्त्र श्रीलंका जस्तो बन्दै |BishnuPoudel

विज्ञप्तिमा भनिएकाे छ, "घर जग्गा र शेयर बजारको उच्च मूल्यसँगै बैकिङ प्रणालीवाट बाहिर गएको रकम बैकमा फर्कन सकेन । राजस्व छली लगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड, डिजिटल सम्पत्तिलगायतका क्षेत्रमा पछिल्लो समयमा अवैध रूपमा लगानी भइरहँदा पनि सरकारले नजरअन्दाव गरिरह्यो । हुण्डीवालालाई कार्वाही गर्न सकेन। कर छली, भ्रष्टाचार, कमिसन र कालो धन्दाको रकम बैंकमा आउने कुरै भएन । बैंकमा तरलताको अभाव हनुमा यो पनि एउटा कारण बन्न पुगेको छ । "

 

6252975a02433.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको