Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश पारित

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १६ : ५९ मा प्रकाशित

जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश पारित

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा चैत्र २५ गते शुक्रबार सम्पन्न भएको हो । 

सभामा संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००।– को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००।– बोनश शेयर तथा ३.६८ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६.८४ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरि कूल ७३.६८ प्रतिशत लाभांस पारित भएको छ । 

त्यस्तै वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने, बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड (र) थप गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड (र) थप गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड (र) थप गर्ने प्रस्ताव पारित भएको छ । 

सभालाई स्वागत तथा कार्यक्रमवारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले गरेका थिए । उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो । २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १२६०२६ मत खसेकोमा १३९ मत बदर भएको थियो भने गोकर्ण खतिवडाले ६७४४७ मत, अशोक सिटौलाले ५३९०३ मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र)ले ४५३७ मत प्राप्त गरेका थिए । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला ज्यु निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका छन् । त्यस्तै साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको