Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कति दिने आवेदन ?

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १० : ३९ मा प्रकाशित

समृद्धि फाइनान्सको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कति दिने आवेदन ?

समृद्धि फाइनान्स लिमिटेडले आज (चैत्र २९ गते, मंगलबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीले ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको गरी कूल  ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्बसाधारण समूहको सेयरका लागि न्युनतम १०० कित्ता र संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लगानीकर्ताले बि.ओ.के क्यापिटल मार्केट लिमिटेड, नक्साल–काठमाडौं, बैंक अफ काठमांडौका शाखा कार्यालयहरु– मेनरोड–बिराटनगर, आदर्शनगर–विरगंज, न्यूरोड–पोखरा, ट्राफिक चोक–बुटवल, सुर्खेत रोड– नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर– सुर्खेत मेनरोड, चौराहा– धनगढी, समृद्धि फाइनान्स कम्पनी लि केन्द्रिय कार्यालय हेटौडा– मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक– काठमाडौं, नारायणगढ–चितवन, पोखरा– कास्की, बुटवल–रुपन्देहीबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको