Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मोदी ए जलविद्युतको लगानी जुट्यो, एनएमबि बैंकको अगुवाइ

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १७ : १५ मा प्रकाशित

माथिल्लो मोदी ए जलविद्युतको लगानी जुट्यो, एनएमबि बैंकको अगुवाइ

माथिल्लो मोदी ए जलविद्युत आयोजनाका लागि लगानी जुटेकाे छ ।

एनएमबि बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा मोदी जलविद्युत कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । 

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो । मोदी जलविद्युत कम्पनी लिमिटेडको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहेको छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कूल लागत ९ अर्ब ८ करोड रहको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको