अर्थविद डा.चन्द्रमणी अधिकारीले मुलुकको अर्थतन्त्र अनिश्चतातर्फ गइरहेको बताएका छन । अहिले अर्थतन्त्रका सम्पुर्ण सूचकहरु नकारात्मक दिशामा रहेको बताउदै उनले मुल्यवृद्धी भएको, आयातमा बढोत्तरी आएको र ब्यापार घाटा पनि बढीरहेको उल्लेख गरे । कोरोना संकट र रुस युक्रेन युद्ध यस समस्याका तात्कालिक कारण भएपनि अचाक्लीएको परनिर्भरता एंव सरकारी संयन्त्रको उदाशिनता मुल कारण रहेको उनको भनाई छ ।
यो संकटको बेलामा देशको अर्थतन्त्रसंग प्रत्यक्ष सरोकार राख्ने तिनओटै निकाय अर्थ मन्त्रालय, केन्द्रीय बैंक र राष्ट्रीय योजना आयोगले समन्वय गरेर अगाडी बढनुपर्नेमा त्यसो हुन नसकेको उनको धारणा छ । झन यस्तो बेलामा नेपाल राष्ट्र बैंकका बहालवाला गर्भनरलाई प्रष्ट कारण नदेखाई निलम्बन गर्नु दुखद भएको र यसबाट समस्या झन बल्झने पनि अर्थविद डा.अधिकारी बताउछन ।
अहिले आम नेपाली मुलुकको आर्थीक अवस्था श्रिलंकाको जस्तो हुन्छ की भनेर चिन्तामा रहेपनि देशको अर्थतन्त्र त्यस्तो नरहेको उनको दावी छ । श्रिलंकाको अहिलेको अवस्थाको पछाडी पूर्वाधारमा भएको अनुत्पादक लगानीका कारण बढेको वैदेशिक ऋण, करमा कटौती र अर्गानिक उत्पालनमा वृद्धी जीम्मेवार रहेको अर्थविद डा.चन्द्रमणी अधिकारी बताउछन । उनका अनुसार पर्यटन श्रिलंकाको डलर आर्जनको मुख्य सा्रेत रहेपनि आंतकवादी हमला र कोरोना संकटले यो क्षेत्रपनि धरासायी हुदा वैदेशिक मुद्धा संचितीको अवस्था निकै खराब भएको हो ।
अर्थविद डा.अधिकारीका अनुसार सरकारले अनावश्यक वस्तुको आयातमा कटौती गरेर डलर बाहिरनबाट रोक्न सक्निे भएपनि यसका बेफईदा बारे पनि विचार पुर्याउनु पर्नेछ । भन्सारमा रोक लगाउदा अनौपचारीक माध्यमबाट यी वस्तु देशमा आउने भएकाले अर्को ठुलो जटीलता निम्तनसक्ने तर्फ सजग गराउदै उनले समानान्तर अर्थतन्त्र खडा हुन सक्ने बताए ।
शेयर बजारमा अहिले देखीएको गिरावट प्राकृतीक र कृतीम दुवै भएको अर्थविद डा.अधिकारीले बताए । कृतीम तरीकाले ठुला लगानीकर्ताले बजारमा असर गरीरहेकोमा उनले सचेत पनि गराए । सरकारले अर्थतन्त्रलाई माथी उकास्न नसकेपनि थप गिरावट आउनबाट रोक्नुपर्ने अर्थविद डा.चन्द्रमणी अधिकारीको धारणा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस